जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको एटिएम बुथमा सुरक्षा गार्डको निर्देशनप्रति बैंकहरु असन्तुष्ट

राष्ट्र बैंकको एटिएम बुथमा सुरक्षा गार्डको निर्देशनप्रति बैंकहरु असन्तुष्ट

एटिएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशनप्रति बैंकिङ क्षेत्रले असन्तुष्टि जनाएको छ। चिनियाँ ह्याकरको एटिएम प्रकरण पश्चात नेपाल राष्ट्र बैंकले गत साता मात्रै बैंक वित्तीय संस्थालाई एटिएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नलाई निर्देशन दिएको थियो।

औपचारिक रुपमा कुनै असन्तुष्टि नजनाएपनि बैंकहरुले अनौपचारिक रुपमा भने राष्ट्र बैंकको उक्त निर्देशन समय सान्दर्भिक नभएको बताएका छन। वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढेको स्विकार गर्दै एक बैंकर भन्छन, ‘एटिएम बुथमा सुरक्षा गार्ड राखेर प्रविधिमा देखिएको चुनौती कसरि कम गर्न सकिन्छ ?’ एक बैंकरले बिजपाटीसंगको कुराकानीमा बताए।

पछिल्लो समय बैंक वित्तीय संस्थामा साइबर सुरक्षा चुनौति बनेको बिषयमा सबै बैंकर सहमत भएको र यस बिषयमा छलफल गर्न आफुहरु तयार रहेको जानकारी गराउँदा पनि राष्ट्र बैंकबाट यस्तो निर्देशन आउनु असान्दर्भिक भएको ति बैंकरले बताए।

अर्का एक बैंकर भने प्रविधिको चुनौती कम गर्न प्रविधिको नै प्रयोग गर्नुपर्ने बताएका छन। ‘हाम्रो सबै एटिएममा सिसि क्यामेरा जडान छन, त्यहाँ सुरक्षा गार्ड किन चाहियो’ उनि भन्छन, ‘२४ सै घण्टा सुरक्षा गार्ड राख्नु भन्दा कार्यालय समयमा मात्र एटिएम सेवा दिन्छौं र शाखा बाहिरका एटिएम बुथ बन्द गर्छौं।’

केहि बैंकर भने सुरक्षा गार्ड राख्नुपर्ने निर्देशन सकारात्मक नै भएको बताएका छन। सुरक्षा गार्ड राख्दा बैंक वित्तीय संस्थाको लागि २-३ करोड मात्र थप लगानी आवश्यक हुने भन्दै ति बैंकरले राष्ट्र बैंकको निर्देशनलाई सकारात्मक बताएका छन।

यता नेपाल राष्ट्र बैंकका भुक्तानी बिभाग प्रमुख तथा कार्यकारी निर्देशक बम बहादुर मिश्र भने दशैं तिहार लगायतका पर्व आउँन लागेको भन्दै यस्तो समयमा जोखिम झनै बढी हुने बताउँछन। ‘एटिएम बुथमा सुरक्षा गार्ड राख्ने निर्देशनमा जसले जे भनेपनि कार्यन्वयन गर्नुको विकल्प छैन’ उनले भने।

नेपाल प्रहरीले समेत बिदाको बेला बैंक वित्तीय संस्थामा बढी नै सुरक्षा अपनाउन सुझाब दिंदै आएको छ। यहि क्रममा केन्द्रिय अनुसन्धान प्रहरी ब्युरोले बैंक वित्तीय संस्थाका सीईओहरुसंग असोज १३ गते छलफल गरेको छ।

बैंक वित्तीय संस्थालाई यति वटा एटिएम राख्नु भनेर निर्देशन नदिएको तर बैंकहरुले आफुले खोलेको एटिएममा सुरक्षा गार्ड अनिवार्य राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले २०७३ सालमा सबै एटिएममा सिसि क्यामेरा राख्न निर्देशन दिएकोमा अहिलेसम्म ५० प्रतिशत एटिएम बुथमा मात्रै कार्यन्वयन भएको छ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थासंग जोडिएका बिषयमा शंकास्पद गतिविधि भएमा तुरुन्दै राष्ट्र बैंकको निदेशकलाई सम्पर्क गर्नको लागि मोबाइ नम्बर सहीत पत्राचार समेत गरेको छ।

5660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका