जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बक्यौता नतिर्ने भृकुटीमण्डपका २० सटलमा समाजकल्याण परिषद्को ताला

बक्यौता नतिर्ने भृकुटीमण्डपका २० सटलमा समाजकल्याण परिषद्को ताला

समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गर्दै भाडा नतिर्ने संस्थामाथि कडा कारबाही सुरु गरेको छ । लामो समयदेखि भाडा बक्यौता राख्दै आएका विभिन्न संस्था तथा व्यवसायिक संरचनामा परिषद्ले ताला लगाएको हो ।

पटक–पटक सूचना जारी गर्दा समेत अटेर गरी भाडा नतिरेपछि बाध्य भएर यस्तो कदम चालिएको परिषद्ले जनाएको छ । परिषद्का सदस्यसचिव सरोज कुमार शर्माका अनुसार रिपोटर्स क्लब नेपाल, काठमाडौं पुस्तकालय, नेपाल फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ नेपाललगायत २० वटा संरचनामा ताला लगाइएको छ । हालसम्म करिब १० करोड रुपैयाँभन्दा बढी भाडा उठ्न बाँकी रहेको उनले जानकारी दिए ।

परिषद्ले ताला लगाइएका कार्यालयहरूलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ । साथै भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गर्ने योजना समेत अघि बढाइएको सदस्यसचिव शर्माले बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको निर्देशनमा परिषद्ले भाडा असुली प्रक्रियालाई तीव्र बनाउँदै कडा कदम चालेको जनाएको छ ।

430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका