जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एक करोड नेपालीको एकभन्दा बढी बैंकमा खाता

एक करोड नेपालीको एकभन्दा बढी बैंकमा खाता

तपाईंले कतिवटा बैंकमा खाता खोल्नु भएको छ ? २/३ वटा बैंकमा त पक्कै पनि होला । तपाईंजस्तै एकभन्दा बढी बैंकमा खाता खोल्नेहरु लाखौं छन् । राष्ट्र बैंकका अनुसार एकभन्दा बढी बैंकमा खाता खोल्नेको संख्या १ करोड छ ।

राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार गत जेठसम्ममा ९८ लाख नेपालीको बहु निक्षेप खाता छ । बहु खातासमेत जोड्दा देशको कुन जनसंख्याको ९४ प्रतिशतमा वित्तीय पहुँच पुगेको देखिन्छ । तर, ९८ लाख बहु खातालाई हटाउने हो भने ६१ प्रतिशत नेपालीको मात्रै बैंक खाता छ ।

केही वर्षअघिसम्म ४०/४५ प्रतिशत नेपालीमा मात्रै बैंकिङ पहुँच पुगेको थियो । पछिल्ला वर्षहरुमा सरकारले बैंकिङ प्रणालीमार्फत् हुने भुक्तानीलाई प्रोत्साहन गरेपछि बैंकमा खाता खोल्नेहरुको संख्या बढेको हो । त्यसो त स्थानीय तहको निर्वाचन भएपछि प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना नीति अनुसार अहिलेसम्म करिब सबै स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् ।

२०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ। २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार थियो

5525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका