जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • वाणिज्य बैंकको निक्षेप २ अर्बले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

वाणिज्य बैंकको निक्षेप २ अर्बले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुमा निक्षेप थपिएको छ । चालु आर्थिक वर्षको चैत्र महिनाको दोस्रो साताभित्र वाणिज्य बैंकहरुमा २ अर्ब निक्षेप थपिएको हो । यता यस अवधिमा बैंकहरुले एक अर्ब कर्जा प्रवाह गरेको छ ।

चैत्र महिनाको पहिलो सातामा भने बैंकहरुको निक्षेप तथा कर्जा दुवै घटेको थियो । चालु आर्थिक वर्षको चैत्र महिनाको दोस्रो सातासम्म बैंकहरुले ४३ खर्ब ३० अर्ब निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब ७० अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको निक्षेप घट्नुका साथै कर्जा प्रवाहमासमेत असर परेको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दामाथि भएको कारण नयाँ निक्षेप लिँदा पनि कर्जा दिने अवस्था नभएपछि कर्जा प्रवाह कम भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को दोस्रो महिनादेखि सुरु भएको तरलता अभावका कारण लगानी योग्य रकमको अभाव देखिन थालेको हो । सरकारले पूँजीगत खर्च गर्न नसकेपछि तरलता समस्या झन जटिल बन्दै गएको छ । राष्ट्र बैंकले ८५ प्रतिशत कायम गर्नुपर्ने पूँजी, कर्जा तथा निक्षेपको अनुपात बढाएर ९० प्रतिशत कायम गरेको थियो ।

3100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका