जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीद्वारा ११ लाख दावी भुक्तानी

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीद्वारा ११ लाख दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भक्तपुरको सुर्यविनायक शाखाले शनिबार ११ लाख ३० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । रक्त क्यान्सरबाट मृत्यु भएका बीमित लक्ष्मी भक्त वाङग्योको हकवाला श्रीमती मोहन केशरी वाङग्योलाई एघार लाख तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीकी सूर्यबिनायक शाखा प्रमुख प्रमिला प्रजापतिले जानकारी दिईन् ।

१० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका लक्ष्मीभक्तले एक किस्ता बुझाएपछि रगतको क्यान्सर भई मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क रकमसहित जोडेर कुल ११ लाख ३० हजार रुपैयाँ दावी भुक्तानी गरेको हो ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुुख व्यापार अधिकृत सुनील पोखरेलले मृतककी श्रीमती मोहन केशरीलाई मृतकको घर भक्तपुर–८, जगातीमै पुगेर चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा बीमाको महत्वबारे प्रकाश पार्दै जीवन बीमा बचत र जोखिम बहन दुवै भएको प्रष्ट पारे ।

चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका एबीएम लोकमाया अधिकारी, बी.डीे.सी राकेश श्रेष्ठ, एजेन्सी मेनेजर बिष्णु केशरी हेङग्वजु, रचना लाखेमरु, रेबिका वाङग्यो, सुमित्रा मानन्धरको उपस्थिति रहेको थियो । कार्यक्रममा मृतककी श्रीमती मोहन केशरीले बीमा बापतको रकमले बाँकी रहेका परिवारका सदस्यहरुको भविष्य सुदृढ बनाउन उपयोग गरिने बताईन् ।

6425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका