जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर


समाचार

बैंक ह्याकिङको आशङ्कामा

७० भन्दा बढि विदेशी नागरिक पक्राउ

बैंक ह्याकिङको आशङ्कामा

बाँसबारीमा रहेको तीन शंकास्पद घरमा प्रहरीले छापा मारी ७० जनाभन्दाबढी विदेशी नागरिक नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेहरुमा अधिकांस चिनियाँ नागरिक छन्।

प्रहरीले शंकास्पद आर्थिक गतिविधि भइरहेको जानकारी पाएपछि छापा मारेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले आज दिउँसो छापा मारेको हो।

घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले छापा मारिएको परिसरका एसएसपी उत्तमराज सुवेदीले पुष्टी गरेका छन्। ‘शंका लागेर छापा मारेको हो। अहिले काम भइरहेको छ। अहिले नै यसै भन्ने अवस्था छैन,’ सुवेदीले भने।

वित्तिय अपराधमा स‌लग्न भएको आशंकामा प्रहरीले छापा मारेको हो।

‘बैंक ह्याकिङ लगायत अन्य शंकास्पद आर्थिक गतिविधि भइरहेको जानकारी आएपछि नियन्त्रणमा लिएका हौं’ केन्द्रीय अनुसन्धान व्यूरोका डिआइजी निरज शाहीले बिजमाण्डुसँग भने।

प्रहरीले बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक घरभित्र भएको सूचनाको आधारमा छापा मारेको हो।

प्रहरीले गत भदौमा बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई नियन्त्रणमा लिएको थियो। उनीहरुको साथबाट बैंक ह्याक गरिएको  १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो।

उनीहरुलाई उच्च अदालत पाटनले थुनामा पठाइसकेको छ।

7225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका