जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट

एशियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भर्य म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने जनाएको छ ।

कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०७८ भदौ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नु गर्ने मितिले ६ महिना नाघेका (पुर्ण व्यतित भएका) बीमालेखहरु २०७८ असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट गर्ने जनाएको छ ।

दुई वर्षभन्दा बढी समय व्यतित भएका बीमालेखहरुको हकमा यो सुविधा लागु हुने छैन । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् । आगामी असोज १ गते पुर्व कुनै व्यतित बीमालेख अन्तर्गत ब्याज छुट प्रदान गरिएको भएमा सोलाई गणना गरिने छैन् ।

जसका लागि कम्पनीले कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट र अभिकर्तासँग सम्पर्क गर्न आग्रह गरेको छ

7480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका