जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गर्भनरको डा. नेपालको नाममा लुटको खेती कहिलेसम्म ?

गर्भनरको डा. नेपालको नाममा लुटको खेती कहिलेसम्म ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम पत्रकारकै नाममा हुन्छ भने त्यो पत्याउन गाह्रो होला तर, कथा सत्य हो ।
प्रभु गु्रपको लगानी र प्रभू इन्स्योरेन्स कम्पनीको अध्यक्ष कुसुम लामाको प्रत्यक्ष हस्तक्षेपमा विगत ३÷४ वर्ष देखि सञ्चालनमा आएको बैंकिङ्ग खबर डटकमका प्रधान सम्पादक माधव निदोषले बैंक र वित्तिय क्षेत्रमा आतंक नै मच्चाएर लुटको खेती गरिरहेको फेला परेको छ ।

सुन्दा पनि अचम्म लाग्ने काम पत्रकारको नाममा भएको हो । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालको नाम लिँदै बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुलाई धम्काउँदै लुटको खेती गरेको भेटीएको छ ।

वर्षमा ४÷५ पटक बैकिङ्ग एक्स्प्रो र विभिन्न जिल्लामा गर्दै एउटा स्टलको ६५ हजार देखि १ लाख बैंक र वित्तिय संस्थासंग लिई ठगी गरेको खुलेको हो ।

गर्भनर साबको निर्देशन छ तपाईले एउटा स्टल लिनै पर्छ भन्दै बैकिङ्ग एक्स्पोको नाममा करोडौं उठाएर ब्रम्हलुट मच्चाएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । यति मात्रै होइन बैकिङ्ग खबर डटकमका प्रधान सम्पादक माधव निर्दोषले केही वाणिज्य बैंक र केही विकास बैंकबाट गर्भनरको नाम लिँदै सीइओको प्रेस सल्लाहकार अधोषित रुपमा बसी मासिक तलब समेत लिएको खुलेको छ ।

यति मात्रै होइन जनताको डिपोजिट भएको बैंक र वित्तिय क्षेत्रमा गर्भनर डा. नेपालको नाम भजाएर मासिक तलब, मंहगो विज्ञापन र कर्मचारी भर्नामा समेत यी पत्रकारले लुट मच्चाएको भुक्तभोगी एक वाणिज्य बैंकका सीइओले नाम नलेख्ने शर्तमा बताए ।

अहिले केही समय अगाडी भृकुटी मण्डपमा भएको बैकिङ्ग एक्पोको लाखौको बिल दर्जनौ वाणिज्य बैंक र विकास बैंकका सीइओहरुको टेबुलमा रहेको एक सीइओले पंक्तिकारलाई देखाए । बिल स्वीकृत नभए सिधै गर्भनर डा. चिरनजीवी नेपाललाई फोन गराई भुक्तानी लिने गरेको समेत ती सिइओले पुष्टी गरे । सचेत भया ।

7050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका