जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • २७ वाणिज्य बैंकहरुलाई ४ लाखको दरले पैसा दिन नेपाल बैंकर्स एशोसियसनको पत्र

समाचार

२७ वाणिज्य बैंकहरुलाई ४ लाखको दरले पैसा दिन नेपाल बैंकर्स एशोसियसनको पत्र

कथा नेपालका प्रबन्ध निर्देशक पाण्डेलाई जनताको डिपोजिटको रकमबाट १ करोड ८ लाख ?

२७ वाणिज्य बैंकहरुलाई ४ लाखको दरले पैसा दिन नेपाल बैंकर्स एशोसियसनको पत्र

नेपालको बैकिङ्ग इतिहासमै नभएको यत्रो ठूलो रकम एउटा व्यक्तिको कम्पनीलाई २७ बैंकका सीइओहरुको निर्णयबाट दिइदैछ भन्दा पत्याउन गाह्रो होला तर, कथा सत्य हो ।

नेपाल बैंकर्स एशोसियसनको केही दिन अगाडी भएको साधारण सभाले मनोज पाण्डे प्रबन्ध निर्देशक रहेको कथा नेपाल प्रा.लि.लाई १ करोड ८ लाख रुपैया दिने निर्णय गरेको भेटिएको छ ।

जनतासंग प्रधानमन्त्री कार्यक्रम बन्द भएपछि मनोज पाण्डेले दर्ता गरेको कथा नेपाल प्रा.लि.ले कसरी यत्रो जनताको डिपोजिटबाट पैसा असुली गर्दैछन् । त कथा मिठो र अचम्मको छ ।

सुन्दा पनि जीउ सीरिङ्ग हुने काम बैंकका सीइओहरुबाट कसरी सम्भब भयो । कथा नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक मनोज पाण्डेले प्रत्येक नेपालीको बैंक खाताको प्रचारप्रसार गर्ने नाममा अर्थमन्त्रालयमा प्रस्ताब पेश गरी निर्णय गराएर राष्ट्र बैंक पु¥याएका थिए । राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालले नेपाल बैंकर्स एशोसियसनलाई पत्र पठाउदै उक्त निर्णय कार्यन्वयन गर्न निर्देशन नै दिएको खुलेको छ ।

पत्र राष्ट्र बैंकबाट आएपछि बैंकर्स संघले आफ्नो साधारण सभाबाटै कथा नेपाललाई प्रत्येक बैंकले ४÷४ लाखका दरले रकम दिने निर्णय नै गरेको देखिन्छ । बैंकर्स संघका सीइओ अनिल शर्माले २७ वाणिज्य बैंकले इमेल मार्फत रकम उपलब्ध गराउन पत्राचार गरेको पत्र आर्थिक बजार न्यूज डटकमसंग सुरक्षीत छ ।

नेपाल बैंकर्स एशोसियसनले कथा नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक मनोज पाण्डेले प्रत्येक नेपालीको बैंक खाताको प्रचार प्रसार गर्ने नाम दिइने २७ बैंकको ४÷४ लाखको रकम बैंकहरुको सामाजिक उत्तर दायित्वबाट खर्च गर्ने निर्णय समेत गरेको एक सीइओले नाम नलेख्ने शर्तमा बताए ।

पंक्तिकारको प्रश्नमा नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले भनेः– प्रधानमन्त्री कार्यालय हुँदै अर्थमन्त्रालय र राष्ट्र बैंकबाट एक नेपाली एक बैंक खाताको लागि प्रचार प्रसार गर्न प्रस्ताव आएको थियो । हामीले गत साधारण सभाबाट पैसा दिने निर्णय गरेको छौं । यो कसरी खर्च हुन्छ त भनी गरिएको अर्को प्रश्नमा अध्यक्ष ढुंगानाले भने ।

यस कार्यक्रमको प्रसार प्रसारका लागि हामीले टेण्डर नै आव्हान ग¥यो । ३÷४ वटा आए कथा नेपाल राम्रो देखिएर हामीले उसलाई दिने भनेका छौं नि ।  यो कार्यान्वयन होला त भनी भनि गरिएको प्रश्नमा उनीले थपेः– अवको नयाँ कार्यसमितिले गर्ला नि त ।

नेपाली जनताको डिपोजिटबाट यत्रो ठूलो रकम एउटा व्यक्तिको संस्था कथा नेपाललाई के आधारमा दिएको यसको खोजी होला । तर, पटक÷पटक विवादमा पर्दै आएका मनोज पाण्डे प्रधानमन्त्रीकै पार्टीको पत्रकारहरुका संस्था÷प्रेस संगठन नेपालका सह–संयोजक गणेश बस्नेतले फेसबुक मार्फत यस्तो टिप्पणी गरेका छन्, हेरौं ।

“सार्वजनिक हितका लागि सूचना
वालुवाटारको नाम बेच्दै केही दलालहरु म त प्रधानमन्त्रीको लागि खास अनलाइन खोल्दैछु, कति दिनुहुन्छ, खास पत्रिका खोल्दैछु, कति दिनुहुन्छ ? खास टिभी खोल्दैछु कति सहयोग गर्नुहुन्छ । प्रधानमन्त्रीको टीमलाई ? नभए यो फोटो, भिज्युओल हेर्नोस, अनि प्रमुख सल्लाहकारलाई फोन गर्नोस भन्दैछन रे । सम्मानीय प्रधानमन्त्री, मुख्य सल्लाहकार, सल्लाहकार, मन्त्री र प्रेस संगठनको नाममा ठग्न आउनेलाई जुत्ताले हानेर सोझै प्रहरीमा बुझाउनु होला, चन्दा वा विज्ञापन नदिनु होला । यो बालुवाटार, सरकार, नेकपा र प्रेस संगठन नेपालको औपचारिक धारण हो । नठगिनोस, नझुक्निोस ।

सह–संयोजक बस्नेतबै शब्द सापटी लिने हो भने कथा नेपालका प्रबन्ध निर्देशक मनोज पाण्डे माथी छानवीन हुनुपर्दछ । तर, उल्टै २७ वाणिज्य बैंकहरुले ४÷४ लाखको दरले १ करोड ८ लाखको प्रोजेक्ट विवादास्पद पत्रकारलाई दिनु कति उचित होला ।

जनवरी ५ तारिकबाट नेपाल बैंकर्स एशोसियसनको नेतृत्व लिँदै गरेका नयाँ अध्यक्ष भूवन दाहललाई यसबारेमा प्रश्न गर्दा उनीले भने यस बारेमा नेपाल बैंकर्स एसोशियसनको साधारण सभाबाट निर्णय भएको जानकारी मलाई छ । तर, अरु कुरा मैले बुझ्न पर्दछ ।

के यो निर्णय तपाईले कार्यान्वयन गर्न सक्नुहुन्छ त भनी गरिएको प्रश्नमा उनीले भने पहिला पदवहाली भए पछि कुरा गरौला नि हुँदैन र ।
जे भए पनि जनताको डिपोजिटबाट २७ बैंकले सामाजिकउत्तर दायित्व सम्बन्धी कोषबाट यत्रो रकम एउटा व्यक्तिलाई दिनु कत्ति उचित होला दिने आधार के हो ? संस्था कस्तो हो ? व्यक्ति कस्तो हो ? बुझ्नु पर्दछ कि पर्दैन ?

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बैंकरहरुले नै गर्ने तयारी गरेको एक सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए । सचेत भया ।

13605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका