जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नबिलको नाफामा ४१% को वृद्धि

बैंकिङ्ग

नबिलको नाफामा ४१% को वृद्धि

नबिलको नाफामा ४१% को वृद्धि

खुद ब्याज आम्दानी ६४ प्रतिशत बढेसँगै नबिल बैंकको नाफा ४१.३ प्रतिशत उक्लिएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। पोहोर यही अवधिमा बैंकको नाफा १ अर्ब ११ करोड रुपैयाँ थियो। नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेपछि एकीकृत नाफा निकालेको हो। गत आवको अन्त्यसम्म नबिलको नाफामा एनबी बैंकको नाफा जोडिएको थिएन।

एनबी बैंकको नाफा जोडिदा नबिलको वितरणयोग्य मुनाफाले पनि छलाङ मारेको छ। हाल बैंकसँग २ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य नाफा छ।

विशेष गरी झन्डै एक प्रतिशतले बैंकको स्प्रेड दर बढेपछि खुद ब्याज आम्दानीले छलाङ लिएको हो। बैंकले असोज अन्त्यसम्म ३ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तै, फी तथा कमिसन आम्दानी पनि ह्वात्तै बढेको छ। ४० प्रतिशतको वृद्धि देखिन्छ।

यस अवधिमा बैंकको निक्षेप संकलन र कर्जा परिचालन दुवै सुस्त छन्। मर्जरको असर बैंकको प्रोभिजनिङमा देखिन्छ। प्रोभिजनिङ ह्वात्तै बढेको छ। करिब एक अर्ब रुपैयाँ बैंकले प्रोभिजनिङका लागि छुट्याएको छ। विशेषगरी नबिलको आफ्नो भन्दा एनबी बैंक तर्फबाट यो बढेको हो।

बैंकको प्रति सेयर आम्दानी भने घटेको छ। मर्जरका कारण जुन अनुपातमा चुक्ता पुँजी बढ्यो नाफा सोही अनुपातमा नाफा नबढ्दा प्रति सेयर आम्दानी घटेको हो। अहिले बैंकको प्रति सेयर आम्दानी साढे २७ रुपैयाँ पुगेको छ। यस्तै, नेटवर्थ पनि घटेर २३३ रुपैयाँमा सीमित छ।

2765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका