जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको नयाँ बर्षमा क्यासब्याक स्किम

माछापुच्छ्रे बैंकको नयाँ बर्षमा क्यासब्याक स्किम

माछापुच्छ्रे बैंकले नयाँ बर्ष २०२० को अवशर पारेर कार्ड सेवामा क्यासब्याक दिने स्किम ल्याएको छ।

बैंकले डेबिट तथा क्रेडिट कार्डमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर ल्याएको हो।

बैंकको कार्ड प्रयोग गरी देशभित्र बस्तु तथा सेवा खरीद गरेमा ५०० क्यास ब्याक गर्ने छ। क्यासब्याक पाउने ग्राहकले ५०० रुपैयाँ बराबरको तीन पटकसम्म कारोबार गर्नु पर्ने विज्ञप्तमा उल्लेख छ।

साथै विभिन्न सपिङ साइट तथा इकर्स साइटबाट सामान खरीद गरेमा पनि क्यासब्याक पाइने छ। प्रत्येक महिना बैंकले ५०० उपलब्ध गराउने छ। बैंकले भिसाको सहकार्यमा २०२० फेब्रुअरीसम्म यो स्किम सञ्चालन गर्ने जनाएको छ।

बैंकका १४५ शाखा, १३८ शाखारहित बैंकिङ इकाइ, १७८ एटिएम र १ हजारभन्दा बढी पिओएस मेसिनबाट सेवा दिँदै आएको छ।

7815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका