जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बंैक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहनुभएकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगर लाई बैँकका दमौली शाखा का शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे ,वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम रु. ५४,२७८ र काज किरिया खर्च रु ५,००० समेत गरी रु ५९,२७८.बराबरको चेक हस्तान्तरण गरेको र तिर्न बाँकी रहेको कर्जा रु २,११,४४० समेत मिनाहा गरिएको बैंकले जनाएको छ ।

8115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका