जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई दुईलाख

डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई दुईलाख

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई एक÷ एक लाख वितरण गरेको छ । पुरस्कार राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लि.का मंगल गुरुङ् तथा डिशहोमका क्षेत्रिय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थीतिमा वितरण गरिएको थियो ।

काठमाण्डौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेति र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमा एक÷ एक लाख जित्न सफल भएका थिए । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टिभी, रमाईलो एच.ड.ी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका