जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • छिटै साधारण शेयर ल्याउने तयारीमा रिलायन्स लाइफ इन्स्योरेन्स

छिटै साधारण शेयर ल्याउने तयारीमा रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनि लि. साधारण सेयर जारी गर्ने अन्तिम तयारीमा जुटेको छ । कम्पनीको गत असार ८ बसेको साधारण सभाबाट साधारण शेयर जारी गर्ने निर्णय गरेको थियो भने साधारण शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट पनि अनुमति लिइ सकेको छ ।

कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु.७३.११ करोड संकलन गरेको कम्पनीले यस आर्थिक बर्षमा २०७६/७७ मा १.३६ अर्ब प्रिमियमबाट संकलन गरेको छ । यो वर्षको क्वार्टर रिर्पाेट अनुसार ४.३३ करोड नाफा कमाएको छ । वित्तीय विवरण अनुसार कम्पनीले ४ करोड ३३ लाख मुनाफा कमाएको छ जुन ४८.४५ प्रतिशतले ब्यापारमा बृद्धि हो । जसलाई राम्रो पक्ष मान्न सकिन्छ ।

कुल ७६३२ वटा पोलिसीहरु काटिएको छ । प्रतिशेयर आम्दानी ६.३४ पैसा रहेको छ भने रिजर्भ कोषमा १३.६३ करोड राखिएको छ । त्यसै गरी कम्पनीको वीमा कोषमा १.१४ अर्ब रहेको छ । जुन विगत बर्षको भन्दा १५९ प्रतिशतले बृद्धि गरिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी हाल १.४७ अर्ब रहेको छ भने कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण सेयर विक्री पश्चात कम्पनीको चुक्ता पुँजी २.१० अर्ब हुने छ । जसमा ७० संस्थापक र ३० प्रतिशत सर्वसाधाणको रहने छ । कम्पनीको शेयर निष्कासनको जिम्मा सानिमा क्यापिटलले पाएको छ ।

ICRA नेपाल (केयर रेटिङ) ले उक्त शेयर निष्कासनलाई Grade 4 दिएको छ । जसले कम्पनी औसत भन्दा तल रहेको जनाउँदछ ।

२०७४ बाट शुरु भएको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सिद्धार्थ बैंक, अग्नि समूह लगायत अन्य ठूला व्यवसाय समूहहरु (एम.सी ग्रुप, केडिया संगठन, रिलायन्स ग्रुप, शिव शक्ति गु्रप) आदि रहेका छन् ।

6730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?