जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेबोन अध्यक्ष ढुंगानाद्वारा पदभार ग्रहण

सेबोन अध्यक्ष ढुंगानाद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार पदभार सम्हाल्ने क्रममा पहिलो निर्णयका रुपमा नेपाल एसबीआई बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्रलाई स्वीकृति प्रदान गरेका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि ढुंगाना पदभार सम्हाल्न बोर्डको कार्यालय पुगेका थिए । त्यहाँ आफ्नो कार्यकक्षमा पहिलो निर्णयका रुपमा ढुंगानाले नेपाल एसबीआई बैंकको ऋणपत्रलाई स्वीकृति गरेका हुन् ।

नेपाल एसबीआई बैंक गत असोज १५ गते २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेका लागि वार्षिक १० प्रतिशतको दरले ब्याज अफर गरिएको छ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ ।

यो बैंकले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमीटेड रहेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्तिको निर्णय गरेको हो । उनलाई रेवतबहादुर कार्की बोर्ड अध्यक्षबाट अवकाश हुनुभन्दा केही साताअघि बोर्डकै विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको थियो ।

सो बेलादेखि नै उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने योजनाका साथ विज्ञ सदस्य बनाइएको चर्चा भएको थियो ।

8355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?