जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर

मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ ।

एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालयहरु, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल रहेको छ ।

6670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका