जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभामै हात हालाहाल

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभामै हात हालाहाल

नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हात हालाहाल भएकाे छ । लाभांश कम भएकाे भन्दै लगानीकर्ताहरूले साधारण सभामै हात हालाहलकाे स्थिती सृजना भएकाे हाे । लाभांशमा चित्त नबुझाएका लगानीकर्तालाई अर्का लगानीकर्ताले सम्झाउन खोज्दा ठेलमठेल भएको हाे ।

असन्तुष्ट लगानीकर्ताले कम्पनीले वितरण गरेको लाभांश कम भएको भन्दै तिब्र आक्रोश पोखेका हुन् । साेमबार (अाज) नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश पारित गर्ने विशेष एजेण्डा सहित साधारण सभा आह्वान गरेको थियाे । बैंकको ३३ औँ वार्षिक साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे शुरु भएकाे थियाे  ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने र कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेणडा रहेकाे छ । यसका साथै सभाले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

8235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?