जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ईसेवा (फोनपे) एजेण्टबाटै महालक्ष्मी विकास बैंकको खाता खोल्न मिल्ने

ईसेवा (फोनपे) एजेण्टबाटै महालक्ष्मी विकास बैंकको खाता खोल्न मिल्ने

महालक्ष्मी विकास बैंक र ईसेवा फोनपे प्रा. लि. बीच ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

आईतबार एक समझदारीपत्रमा हस्ताक्षर गर्दै सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्ने बैंकले जनाएको छ । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।

उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने ज्यू र ईसेवा फोनपे प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् ।

बैंकले आगामी दिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने जनाएको छ ।

5675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका