जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर, ‘विदेश उडान टिकटमा सहजता’

क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर, ‘विदेश उडान टिकटमा सहजता’

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

क्याप्टेन लामा ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शिता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको इसेवाले जनाएको छ। 

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने ‘विजय लामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउँदा हामीलाई गर्व महसुस भएको छ। हाम्रो कार्यक्रममा थप पारदर्शिता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौं।’

ब्राण्ड एम्बेस्डर नियुक्तिपछि लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुसी लागेको बताए। ‘इसेवाले आन्तरिक टिकटिङ क्षेत्रमा आफूले प्रुफ गरिसकेको छ र अन्तर्राष्ट्रिय टिकेटिङको क्षेत्रमा पनि आफूलाई प्रुफ गर्ने विश्वास छ र यसमा मैले पनि सक्दो भूमिका खेल्नेछु,’ उनले भने। 

कार्यक्रममा एफवान सफ्टका सीइओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकेटिङको क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे।  

इसेवाले नेपालको आन्तरिक हवाई उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट बिक्री गर्न सुरु गरेको छ। वैदेशिक यात्रामा जाने नेपालीले कुनै पनि देशका कुनै पनि गन्तव्यका हवाई टिकट सहजै काट्न सक्ने व्यवस्था गरिएको इसेवाले जनाएको छ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ । 
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिन्छ।

2930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका