जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकको सहयोगमा ६ दिने आँखा शल्यक्रिया शिवर सम्पन्न

सिद्धार्थ बैंकको सहयोगमा ६ दिने आँखा शल्यक्रिया शिवर सम्पन्न

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निस्शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

पौष २२ देखि २५ गतेसम्म श्रीनगर (सर्लाही) र पौष २७ देखि पौष २९ गतेसम्म मलंगवा (सर्लाही) मा संचालन भएको उक्त शिविरमा कूल १,२४१ जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये १ सय ७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरि आँखा शल्यक्रिया गरिएको थियो ।

उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरेका हुन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बैंकले जनाएको छ ।

6530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका