जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • १७ वर्षदेखि खालि छैन सिद्धार्थ बैंकका सेयरधनीको हात

१७ वर्षदेखि खालि छैन सिद्धार्थ बैंकका सेयरधनीको हात

प्रत्येक वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने बैंकहरुमध्येमा सिद्धार्थ बैंक पनि पर्छ । बैंक सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट पनि लाभांश दिने निर्णय गरेकाे छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । बैंकले घोषणा गरेको उक्त लाभांश इतिहासमै सबैभन्दा कम हो ।

बैंकले विगत १७ वर्षदेखि सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गरेर मख्ख बनाउँदै आएको छ । बैंकले आफ्नो लाभांश इतिहासमा सबैभन्दा धेरै ३९ प्रतिशतसम्म लाभांश वितरण गरेको तथ्याङ्क छ ।

बैंकले हालसम्म औषत प्रत्येक वर्ष १३.९ प्रतिशत बोनस सेयर र ५.५६ प्रतिशत नगद लाभांश वितरण गरेको तथ्याङ्कले देखाउँछ । बैंकको तथ्याङ्क अनुसार हालसम्म बैंकले प्रत्येक वर्ष कूल १६.८६ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा १२.५ प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ मा १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा ५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७३/७४ मा १४ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा ३९ नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १२ प्रतिशत बोनस सेयर र ११.१६ प्रतिशत नगद गरी कूल २३.१६ प्रतिशत र आर्थिक वर्ष २०६९/७० मा १२ प्रतिशत बोनस सेयर र १०.११ प्रतिशत नगद गरी कूल २२.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०६७/६८ मा ३ प्रतिशत बोनस सेयर र १२.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०६८/६९ मा ८.४२ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०६६/६७ मा १०.०३ प्रतिशत बोनस सेयर लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०६५/६६, आर्थिक वर्ष २०६४/६५ र आर्थिक वर्ष २०६३/६४ मा समान १५ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत नगद गरी कूल १५.७३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंक व्यवस्थापकको नेतृत्व सुन्दर प्रसाद कँडेल र अध्यक्षको रुपमा मनोज कुमार केडियाले नेतृत्व गरिरहेका छन् ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका