जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

नबिल बैंकको ३५ घण्टामै ऋण

नबिल बैंकले ३५ घण्टा भित्र निर्णय दिनेगरी साना तथा मझौला उद्यम कर्जा जारी गरेको छ । बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतीका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको हो ।

देशका सातैवटा प्रदेशमा लैजाने अभियानका क्रममा गत पुस ७ मा काठमाण्डौबाट शुभारम्भ गरिएको योजना शुक्रवार प्रदेश नम्बर ५ को भैरहवामा आयोजित एक समारोहका बीच उघाटन गरिएको छ । उघाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको आवश्यकताहरुलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको बताए ।

उनले कर्जा प्रशोधन प्रक्रियालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा यो कर्जा जस्तै रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाई बन्नेमा बैंक विश्वस्त रहेको बताए । समारोहमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेले नबिल बैंकले नविनतम सोच ल्याएको बताए । उनले सिस्टममा कहिल्यै पनि नबिलले सम्झौता नगरी ग्राहकलाई सुविधा दिन अग्रसर रहेको बताए ।

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष रामचन्द्र पाण्डे लगायतले बोल्दै बैंकले यस्तै खालका योजनाहरु ल्याउनुपर्नेमा जोड दिए । बैंकले कर्जा सम्बन्धि निर्णय प्रक्रियालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट सेभिङ मोडल कर्जा प्राप्तांकका आधारमा यो योजना आरम्भ गरेको छ ।

सरल र शिघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशत व्याजदरमा यो कर्जा उपलब्ध बैंकले जनाएको छ । के्रडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रु. ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शिघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकले जनाएको छ ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य व्यक्तिलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिई सकिने आकर्षक प्याकेजका साथ ल्याइएको बैंकले जनाएको छ ।

9440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका