अन्तरवार्ता
लकडाउनले जनता र देशलाई बचाएको छ, अरुपछि सोचौला
अनिल केशरी शाह, सीइओ, नबिल बैंक लिमिटेड एवं पूर्व अध्यक्ष नेपाल बैंकर्स एशोसियशन
अनिल केशरी शाह नेपाली बैंकिङ्ग क्षेत्रको अत्यन्तै परिचित नाम भित्रको एउटा नाम हो भन्दा अब फरक पर्दैन । जीवन नै बैकिङ्ग इतिहासको पाना भित्र विताएका शाह यति बेला नेपाल कै पुरानो निजी क्षेत्रको बैंक नबिल बैंकको सीइओ छन् । यो विपतका बेला शाह के गर्दै छन् । नबिल बैंकले यो महामारीबाट बच्न र बचाउन के के कदम चाल्दैछ ?
अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाईरसले नेपाल त्रसित बनाएको छ । चैत्र २५ गतेसम्म सरकारले देशलाई लकडाउन गरेको छ । यहीकारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।
यस्तो अवस्थामा पनि नेपालको सबैभन्दा पुरानो निजी क्षेत्रको बैंक नबिल बैंकले सेवा प्रदान गरिरहेको अवस्थामा देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको नबिल बैंकले डिजिटल करोबार गर्न नसक्ने ग्राहकलाई कारोबार गर्न शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ ।
यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ? नबिल बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकका कर्मचरीहरुको स्वास्थ्य अवस्था बारे बैंक कति सचेत छ । बैंक र बैंकरहरुले यो विशम परिस्थितिमा राज्यलाई कस्तो योगदान दिएका छन् । यी आदि विषयमा नबिल बैंकका सीइओ एवं नेपाल बैंकर्स एशोसियशनका पूर्व अध्यक्ष अनिल केशरी शाहसंग सम्पदक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।
० विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि अछुतो छैन । देश पूर्वरुपमा लकडाउन छ । यो विशम र अप्ठ्यारो परिस्थितिमा नेपाल को निजी क्षेत्रको पूरानो बैंक नबिल बैंकले कस्तो सेवा दिएको छ ?
हामी बैंकहरुले नेपाल बैंकर्स एशोसियशनमा छलफल गरी यो बेला डिजिटल बैकिङ्गको सेवा दिने निर्णय ग¥यो । (पेन पैसा) मोबाइल बैकिङ्ग विश्व बजारमा चलेको छ । एउटा उदाहरण यस्तो छ, केनिया जस्तो देशमा मोबाइल बैंकिङ्ग प्राय सबै जनताले चलाउने गरेका छन् । कारण पढेर शिक्षित भएर होइन क्राइम भएर हो । पैसा चोरी भएर हो ।
त्यसकारण सूचना प्रविधीबाटै कारोबार गरेका छन् । फोनबाटै कारोबार गरौं फोनमा मनि छ । अर्को कुरा हामीले एटिएमबाट ग्राहकहरुलाई सेवा दिएको अवस्था छ । अहिले कर्जा छैन, डिपोजिट छैन । घर चलाउन पैसा चाहिन्छ । त्यो एटिएमबाट पाइन्छ । कुनै पनि शुल्क लाग्दैन । वाणिज्य बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको एटिएममा यो सुविधा हामीले प्रदान गरेका छौं । हामीले जनतालाई पैसा नभएका कारण ओषधी र खाद्यान्न किन्न नसक्ने परिस्थिति उत्पन्न हुन दिदैनौ । यो बेला हामी सबैको ठूलो कर्तव्य हुन्छ ।
० नबिल बैंकले कति शाखा सञ्जालबाट यो विशम परिस्थितिमा ग्राहकहरुलाई सेवा दिएको छ ?
हामीले दिने पिच्छे फरक÷फरक शाखा खोलेका छौं । जहाँ एटिएम छैन । त्यहाका शाखा प्रायः खुल्ला गरेका छौं । हामीले ओषधी र खाद्यान्न ल्याउनका लागि एलसीको कारोबार पनि गरेका छौं । दाल, चामल, तेल आदि बस्तु किन्न एटिएमबाटै पैसा ग्राहकवर्गले झिक्नु भएको छ । हामी पनि यहि नेपाली समाजका मान्छे हौं । समाज प्रति उत्तरदायित्व हामी बैंकरको यो विशम परिस्थितिमा झनै बढेको छ ।
० नेपाल पूर्णरुपमा लकडाउन छ जनता घरमै छन् । यो बेला नबिल बैंकले केही शाखा खोली सेवा दिएको भन्नुभयो । यो कोरोना भाइरसको महामारीबाट बैंकको कर्मचारीलाई बचाउन कस्तो प्रवन्ध मिलाउनु भएको छ त ?
राम्रो प्रश्न सोध्नु भयो । हामीले अत्यन्तै चनाखो भएर काम गरेको अवस्था पक्कै छ । ग्राहक कम आएका छन् । कर्मचारी सिमित छन् । कारोबार नगन्य छ । तरपनि कर्मचारीहरुलाई चाहिने सबै व्यवस्था हामीले गरेका छौं । हाम्रा कर्मचारीको फुल इन्स्योरेन्स गरेका छौं । यो बेला कार्यलयमा काम गर्ने कर्मचारीलाई भत्ता बढाएका छौं ।
कुपनको व्यवस्था गरेर १÷१ गरी ग्राहकलाई भित्र पठाएका छौं । भित्र कारोबार गर्न जाँदा सेनिटाइजर, माक्स, पञ्जा ग्राहकले अनिवार्य लगाउन निर्देशन नै दिएको अवस्था छ । यही अनुसार हाम्रा कर्मचारीले पनि गरेका छन् । हामीहरुले यस्तो विशम परिस्थितिमा जीवनलाई जोखिममा राखेर सेवा दिइरहेको छौं भन्दा अब फरक पर्दैन । उदाहरणका लागि जसरी नर्स, डाक्टर र अस्पतालका कर्मचारीहरुले सेवा दिनु भएको छ । हामीले पनि यसरी नै सेवा दिएका छांै । यो बेला लुक्ने बेला पक्कै होइन काम गरेर देखाउने बेला हो नि ।
० कोरोना विरुद्ध लड्न राष्ट्रिय स्तरको कोष राज्यले खडा गरेको छ । यसमा तपाईहरुले कस्तो सहयोग रहन्छ ?
यो कोषमा केही बैंक र बैंकर साथीहरुले नगद पैसा दिनु भएको छ । पैसा मात्र दिएर सबै दायित्व पूरा पटक्कै हुँदैन । नबिल बैंक अरु केही गर्ने हो कि भन्ने सोचमा छ । बैठक भएको छैन । नयाँ कुराको सहयोग राज्यलाई गर्ने कि भन्ने पक्षमा छौं । केही दिनमै हामी एउटा निर्णय पक्कै गर्ने नै छौं । हामी पनि राज्यको एउटा महत्वपूर्ण अंग हो । त्यसकारण राज्यलाई यो विपतको बेला सहयोग नगर्ने कुरै भएन हामी पक्कै केही गर्दछौं ।
० अहिले विश्व बजारको अर्थतन्त्र तहसनहस भएको देखिन्छ । यसले नेपालको बैकिङ्ग प्रणालीमा कस्तो असर पर्ने अनुमान गर्नु भएको छ ?
कुनै पनि देशको वित्तिय क्षेत्र अर्थतन्त्रको मुुटु हो । मुटु विग्रेपछि के हुन्छ । यो प्रस्टै छ । त्यसकारण यसको संरक्षण गर्ने दायित्व राज्यको हो । यस महामारीले सबै क्षेत्रलाई छुने छ । राम राम सत्य हो । जस्तै गरि लैजाने देखिन्छ । अहिले केही समयको लागि अर्थतन्त्रको खुट्टा भाचिएको होला । तर, हात त भाचिएको छैन नि । तग्रिन सकिन्छ ।
आत्तितु पर्ने छैन । तर, सचेत र सजक भने पक्कै हुनुपर्दछ । यसका लागि अर्थमन्त्री, उद्योगी, व्यापारी बैंकर सबै पक्ष मिलेर अगाडी बढ्नुप¥यो । अहिले जनता बच्नु प¥यो । जीवन बचाउन प¥यो नि ।
० राज्यले बैंकका ग्राहकहरुका लागि ल्याएका सहुलियतका प्योकजलाई चाहि कसरी हेर्नु भएको छ त ?
यो हाम्रो सुझावबाटै आएको हो । यो आवश्कता पनि थियो आयो । हामीले यो बेला नाफा खोज्ने बेला होइन । जीवित रहने र राख्ने बेला हो । ब्याज नलिने, घरबेटीले भाडा नलिने कुरा राम्रा पक्ष पक्कै हुन ।
राज्यले अझै राम्रा सहुलियतका प्याकेट जनतालाई दिनु प¥यो । ग्यास, पानीको भाउ कम गर्न १÷२ महिनाको भ्याट छुट दिनु पर्दछ । अर्थतन्त्रलाई उठाउने हो भने एउटा ठूलो र महत्वपूर्ण सहुलीयतको प्याकेज तत्कालै ल्याउनु प¥यो । तीन महिना भ्याट नलिने, भन्सारका दर, घटाउने, दैनिक आवश्यकताका सामानमा भारी छुट दिने कुरा आउनु प¥यो । ब्याज छुट, घरभाडा छुट, स्कुलको शुल्क छुट, दिएर मात्रै पुग्दैन नि ।
अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ । अर्कोतिर चैत्र मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा छ । राज्यले गरेको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो । दायित्व पनि हो ।
यसले ग्राहकलाई ठूलो राहत मिलेको देखिन्छ । हामी यसै समाजका मान्छे हौं । समाजलाई केही गर्नु पर्दछ । भन्ने हाम्रो पनि सोच छ । तर, यी भन्दा राम्रा सहुलियतका उपाय राज्यले जनतालाई दिनु प¥यो भन्ने मेरो कुरा हो ।
० लकडाउन बढेको छ । पूर्व तयारी तपाईहरुको चाहि कस्तो थियो ?
लकडाउनले साच्चै भन्दा देश बचाएको छ । जनता बचाएको छ । पहिलो कुरा यो बुझ्नु जरुरी छ । अर्को कुरा आज देश लकडाउन नभएको भए हामी हजारौ अस्पतालमा हुने थियौ होला । लाखौ विरामी हुने थियौ र भागाभागको अवस्था सृजना हुने अवस्था आउने थियो । यो हुन पाएन सरकारलाई धन्यवाद दिनै पर्दछ ।
अर्को कुरा के हो भने अब नाफा होइन । महामारीबाट बच्ने उपाउ खोजौ । गरिब, ज्यालादारी गर्ने मजदूरहरुको रोजीरोटीको बारेमा सोच्नु प¥यो । अनिल केशरी शाहको लागि लकडाउन राम्रो होला तर, फरक जाती, भाषी, मजदूर, भारी बोकेर खाने हजारौं जनताको रोजीरोटीबारे राज्यले सोच्नु जरुरी छ । घरवेटीले भाडा छुट दिने, बैंकरले ब्याज छुट दिने त होला तर, गरिबले पेट कसरी पाल्ने भन्ने चिन्ता अहिलेको पहिलो चिन्ता पक्कै होला नि ।
अन्त्यमा केही छ कि ?
जीवन रहे सबै रहने हो । आफू पनि बचौं । अरुलाई पनि बचाऔं । लकडाउनको पालना गरौं । घरबाट बाहिर नजाउ । यो सत्य हो । हाम्रा लागी । तर, लेबरको लागि लकडाउन फरक छ । मजदूरको लागि पृथक छ । भन्ने कुरा राज्यले बुझ्नु अत्यन्त जरुरी छ । भारी बोकेर पेट पाल्नेहरुलाई नजिकबाट हेनु प¥यो ।
त्यसकारण यो विपत र अप्ठयारो समयमा हामी बैंकरले पनि नाफा हेर्नु भएन । सबै मिलेर यो महामारीबाट मुक्ति पाउनु जरुरी देखिन्छ । विश्व आज कोरोना भाईरसबाट रोहिरहेको अवस्थ छ । हजारौं मरेका छन् । लाखौं रोगसंग लडेका छन् । त्यसकारण आफू सुरक्षीत हुनु पहिलो कर्तव्य हो । आत्तिनु पर्दैन । यो देश र जनता बचाउने बेला हो । सचेत रहौं, स्वास्थ रहौं । घरबाट अफिसको काम गरौं, डिजिटल बैंकिङ्गबाट कारोबार गरौं भन्न चाहान्छु ।