जोडिनुहोस
आइतवार, असार १२, २०७९
आइतवार, असार १२, २०७९
  • होमपेज
  • सानिमा बैंकले लाभांश वितरण गर्ने

सानिमा बैंकले लाभांश वितरण गर्ने

सानिमा बैंकले २१.०५२६% लाभांश वितरण गर्ने भएको छ । बैंकले ११.०५२६% नगद र १०% बोनस सेयर दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ । यसर्थ, बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, बैंकले बोनसमा लाग्ने करसहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश बाँड्नेछ । अघिल्लो वर्ष सानिमाले १४% नगद लाभांश दिएको थियो ।

हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।

असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७३ पैसा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका