जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको खूद नाफामा पहिरो, वितरणयोग्य मुनाफा रु.२२.७ करोडले ऋणात्मक

महालक्ष्मी विकास बैंकको खूद नाफामा पहिरो, वितरणयोग्य मुनाफा रु.२२.७ करोडले ऋणात्मक

महालक्ष्मी विकास बैंकको खूद नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.२३ प्रतिशतले घटेर ११ करोड ९३ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो ।

यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ३४ करोड ५७ लाखबाट घटेर १६ करोड ८४ लाखमा सीमित बन्न पुगेको छ ।

खूद मुनाफा ह्वात्तै घट्दा त्यसको असर वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा देखिएको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो त्रैमाससम्म रु. २७.५९ रहेको इपीएस घटेर ११.९० रुपैयाँमा सीमित बन्न पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ५८ करोड ९३ लाखको उचाईमा रहेको रिटेन अर्निङ घटेर ३६ करोड २२ लाखमा सीमित बन्न पुगेको छ ।

नाफा घटे पनि बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४६ करोड ३७ लाखमा सीमित यस्तो आम्दानी बढेर ५३ करोड ६ लाखको उचाईमा पुगेको छ । यो अवधिमा नेट इन्टरेस्ट, फी एण्ड कमिसनतर्फको आय भने ५ करोड ८१ लाखबाट घटेर ३ करोड २५ लाखमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ७० लाखले ऋणात्मक बनेको छ ।

समीक्षा अवधिमा बैंकले ४४ अर्ब २६ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब १९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन र कर्जा प्रवाह सामान्य बढेको देखिएको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ३.०८ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ३.६२ प्रतिशत पुगेको छ भने पीई रेसियो २९.७४ गुणा कायम भएको छ ।

यस्तै, प्रतिसेयर नेटवर्थ १६१.०२ रुपैयाँ कायम भएको छ भने कुल सम्पत्तिमा रिटर्न ०.८५ प्रतिशत मात्र रहेको छ

1805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका