जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • डिशहोमको आयोजनामा ‘द स्ट्रीङ्स’ हुने

डिशहोमको आयोजनामा ‘द स्ट्रीङ्स’ हुने

अन्र्तराष्ट्रिय संगीत दिवसको अवसरमा डिशहोमले डिजिटल प्लेटफर्म मार्पmत ‘द स्ट्रीङ्स’ नामक अंग्रेजी सांगीतिक प्रतियोगिता आयोजना गर्दैछ । यो प्रतियोगिता २१ जुन २०२० असार ७, २०७७ बाट सुरु हुनेछ । तीन राउन्डमा संचालन हुने यस प्रतियोगिताको अडिसन प्रतियोगिता सुरु भएको मिति देखि एक महिना सम्म हुनेछ ।

सफ्ट अंग्रेजी गीत गाउन सक्ने जोकोहीले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । यसमा सहभागी हुन आफुले गायको गीतको १ देखि २ मिनेट सम्मको भिडियो डिशहोमको फेसवुक पेज https://cli.re/dishhome-strings मा गएर शेयर गर्नुपर्नेछ । यस प्रतियोगिताको मापदण्ड अनुसार ७०, ८०, ९० दशकका सफ्ट अंग्रेजी गीतहरु मात्रै प्रतियोगितामा समावेश गराइनेछ ।प्रतियोगितामा सहभागी भई विजेताहुने मध्यवाट प्रथम विजेतालाई रु १ लाख, स्मार्ट टिभी, सौराहा चितवनमा रहेको होटल रेनफरेस्टमा २एन/३डीको प्याकेज, द्वितियलाई पचास हजार र सौराहा चितवनको होटल पार्कल्यान्डमा २एन/३डीको प्याकेज र तृतियलाई पच्चिस हजारको साथै धुलिखेलको जंगल रिसोर्टमा प्याकेजको व्यवस्था गरिएको छ ।

साथमा विजेताहरु लाई १ बर्षको रिचार्ज सहितको डिशहोम कनेक्शन पनि प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुन सफल भिडियोे डिशहोमको रियालिटी टिभीमा प्रशारण गरिनेछ

6420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?