जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालक नियुक्त

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालक नियुक्त

मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । निज नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सक्नुभएको छ । नेपालमा उहाँ एक व्यवस्थापन विज्ञको रुपमा परिचित हुनुहुन्छ र साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आउनुभएको छ ।

उहाँले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिस्ट्रेसन विषयमा स्नातकोत्तर तह , त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिस्ट्रेसन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गर्नुभएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

12185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?