जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि, २०७९ चैतभित्र जीवनको ५ अर्ब र निर्जीवनको २.५ अर्ब हुनुपर्ने

बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि, २०७९ चैतभित्र जीवनको ५ अर्ब र निर्जीवनको २.५ अर्ब हुनुपर्ने

बीमा समितिले बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजीको सीमा बढाएको छ।

समितिको संचालक समितिको बिहीबार बसेको बैठकले जीवन र निर्जीवन दुवै किसिमका बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाएको हो। वृद्धिपश्चात अब जीवन बीमा कम्पनीले चुक्ता पुँजी कम्तिमा पाँच अर्ब रुपैयाँ र  निर्जीवन बीमा कम्पनीले साढे दुई अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने भएको छ । 

बीमा कम्पनीहरुको समग्रमा नेटवर्थ बढाएर त्यसअनुरुप जोखिम वहन क्षमता बढाउनका चुक्ता पुँजी वृद्धि गरेको समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।  

यसबाहेक पुँजी वृद्धिले बीमा कम्पनीहरु मर्जरमा जाने सम्भावना बढाउने हुँदा यसबाट बीमको संख्या कम गर्नका लागि पनि पुँजी आधार बलियो बनाउने गरी समितिले यो निर्णय गरेको बुझिएको छ। 

‘ठूलो पूँजी भएमा सेवाको लागत कम भइ बीमाको पहूँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरी चूक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको हो,’ समितिको विज्ञप्तिमा भनिएको छ।

२०७९ साल चैत्र मसान्तभित्रमा बीमा कम्पनीहरुले वृद्धि गरिएअनुसारको पुँजी कायम गरिसक्नुपर्ने पनि समितिले बताएको छ। निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पुर्‍याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको निर्देशन छ ।

यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमा कम्पनीहरुले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्नुपर्ने समितिले जनाएको छ। 

3995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?