जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खाद्य उद्योगलाई ९ करोडबढीको ठगी मुद्दा

खाद्य उद्योगलाई ९ करोडबढीको ठगी मुद्दा

राजस्व अनुसन्धान विभागले खाद्य उद्योग सञ्चालक तीन जनाले ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ ठगी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।   चितवन रत्ननगरपालिकाको शिवशक्ति खाद्य उद्योगका सञ्चालनद्धय दिनेशकुमार अग्रवाल र सीमा अग्रवाल र थपलिया ट्रेड सप्लायर्सका सञ्चालक रामप्रसाद थपिलयाले मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छली गरेको विभागले आरोप लगाउँदै उच्च अदालत पाटनमा बुधबार म्द्दा दायर गरेको हो ।

चितवन रत्ननगरपालिकाको शिवशक्ति खाद्य उद्योगका सञ्चालनद्धय दिनेशकुमार अग्रवाल र सीमा अग्रवालले खरिद विक्रि नदेखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छली गरेको विभागले आरोप लगाएको छ ।

त्यस्तै, थपलिया ट्रेड सप्लायर्सका सञ्चालक रामप्रसाद थपिलयाले मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरमा छली गरेको आरोप लगाएको छ । मूल्य अभिवृद्धि कर तर्फ ६ करोड ८६ लाख ७ हजार २५३ रुपैयाँ र आयकर तर्फ २ करोड ४१ लाख ३० हजार ३०७ रुपैयाँ जम्मा ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ राजस्व छली गरेको विभागले आरोप लगाएको छ ।

5550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका