जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुनको मूल्य एकै दिन तोलामा ६ हजार २ सयले घट्यो

सुनको मूल्य एकै दिन तोलामा ६ हजार २ सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामै ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । चाँदी आज तोलामा २२५ रुपैयाँ घटेर तोलाको १२ सय १० रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूलयमा भारी गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा प्रति औँस २१ सय डलरको हाराहारीसमम पुगेको सुनको मूल्य १८ सय ७६ डलरमा कारोबार भएको छ । गएको २४ घण्टामा मात्र प्रति औँस ५० डलर मूल्य घटेको छ । यो क्रम अझै केहिदिन जारी रहने धातु बजार सम्बन्धी अन्तराष्ट्रिय विश्लेषकहरुले जनाएका छन् ।

7915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका