जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको नाफा १८ प्रतिशतले गिरावट

राष्ट्रिय बीमा कम्पनीको नाफा १८ प्रतिशतले गिरावट

राष्ट्रिय बीमा कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षको तुलनमा कम्पनीको नाफा घटेको छ ।

चौथौ त्रैमासको अवधीसम्ममा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड २७ लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधीसम्ममा कम्पनीले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १८ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २२ करोड ४५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३४ करोड ८७ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३५ दशमलव ६० प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिमा कम्पनीले एक हजार ५ सय २७ वटा दाबी बापत ९ करोड ६० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक)२ सय३९ रुपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ १ हजार २ सय १३ रुपैयाँ २५ पैसा रहेको छ ।

5050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका