जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ब्याजदर बढी हुँदा लगानी धेरै भएन, राष्ट्र बैंकको सहयोग चाहिन्छः अर्थमन्त्री

ब्याजदर बढी हुँदा लगानी धेरै भएन, राष्ट्र बैंकको सहयोग चाहिन्छः अर्थमन्त्री

अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर बढी हुँदा लगानी धेरै नभएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा उनले ब्याजदर बढेका कारण अर्थतन्त्रमा पुँजी प्रवाह हुन नसकेको दाबी गरे।

अहिले सरकारी खर्च प्रभावकारी ढंगबाट समयमा खर्च हुन सकेको उनले स्वीकार गरे । सरकारी खर्च नभएका कारण अर्थतन्त्रमा संकुचन आएको उनले बताए ।

‘यो हटाउनै नसक्ने, गर्नै नसक्ने काम होइन’ उनले भने ‘यो काम गर्न सकिन्छ, हामी गर्छौं, यसमा मलाई राष्ट्र बैंकको सहयोग चाहिन्छ । उहाँहरुलाई मैले भनेको भनेकै छु । गर्छु भन्नु भएको छ । गर्छु भनेपछि विश्वास गर्नै पर्यो । समय धेरै छैन ।’

सरकारी खर्चको प्रभावकारिता वृद्धि गर्ने विषयमा मध्येनजर राख्ने बताए । उनले साना आयोजना तलबाट नै गर्ने व्यवस्था मिलाउने बताए ।

अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनु हो । यसका लागि सरकारमा बस्नेहरु र विपक्षमा रहेकाहरु सबै मिलेर साझा दृष्टिकोण बनाएर अघिबढ्नु जरुरी भएको उनले बताए ।

‘अर्थतन्त्रमा अवश्य पनि समस्याका चाङहरु छन् तर कहालीलाग्दो अवस्थामा पुगेको छैन, म सबैलाई आग्रह गर्न चाहन्छु कि हामी अर्थतन्त्रलाई सुधारतर्फ उन्मूख गराउन सक्छौं, समस्यालाई हटाउन सक्छौं, त्यसका लागि हामीसँग ठोस प्रतिवद्धता छ,’ उनले भने, ‘सम्पूर्ण समस्याहरुलाई हटाउन केही समय लाग्छ, त्यसका लागि धैर्यताको आवश्यकता पर्छ ।’

अर्थतन्त्रलाई चलायमान बनाउने कुरा भनेको आज बोलेर भोलि तुरुन्तै चमत्कार हुने कुरा नभएको भन्दै यसका लागि निरन्तर रुपमा काम गर्नुपर्ने उनले बताए ।

‘अहिले नै सबै समस्या हटाएर सबै कुरा ठीक पार्छु भनेर दाबी गर्दिनँ तर सबैको सहयोगबाट हरसम्भव प्रयास गर्नेतर्फ सरकारको प्रयास केन्द्रित हुनेछ,’ उनले भने ।

‘हामी पूर्णइमानदारीताका साथ आफ्नो क्षमता र योग्यताले भ्याएसम्म पार्टी पनि होइन, व्यक्ति त हुँदै होइन, जनता र देशलाई केन्द्रविन्दुमा राखेर काम गर्छौं,’ डा. महतले भने ।

अहिले अर्थतन्त्रमा देखिएका दबाब र अप्ठेरा फुकाउन जरुरी रहेको डा महतको भनाइ छ । अर्थतन्त्रको समस्या अहिलेको वा यसभन्दा अघिको सरकारका कारणले सिर्जना नभएको पनि उनले स्पष्ट पारे । विगतदेखिकै समस्या थुप्रिँदै गएर अहिले विकराल बनेको उनको भनाइ छ ।

‘यी एक/दुई वर्षमा आएका समस्या होइनन् । यसको एउटा शृङ्खला छ । त्यसमा समस्या थपिँदै थपिँदै गएर अहिलेको अवस्था आएको हो,’ उननले भने, ‘अहिलेको सरकारले भर्खरै सिर्जना गरेको वा योभन्दा अगाडिको सरकारले एकै वर्षमा सिर्जना गरेको समस्या भन्ने होइन । लामो समयदेखिका विभिन्न समस्या जोडिँदै जोडिँदै आएर अहिलेको स्थिति बनेको हो ।’

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या र शासन प्रणालीको समस्या रहेको उनको भनाइ छ । सरकारको तर्फबाट निर्वाह हुनुपर्ने भूमिकामा पनि कमी कमजोरी रहेको अर्थमन्त्री महतले बताए ।

‘हाम्रो पूँजीगत खर्चको प्रभावकारिता र विस्तारमा समस्या छ तर तलबभत्ता, सामाजिक सुरक्षालगायतका साधारण खर्चको दायित्व बढिरहेको छ । हरेक सरकारको बेलामा यो थपिँदै गएको छ,’ उनले भने, “हाम्रा संरचनागत समस्या छन् । हामी ठेक्का लगाइसक्छौँ तर साइट क्लियरेन्स भएको हुँदैन ।’

कोभिड महामारीको समयमा मौद्रिक नीति खुकुलो बनाउँदा अहिले समस्या देखिएको उनको भनाइ छ । पूँजीगत खर्चको समस्या देखिनुमा यस वर्ष भएका चुनाव जिम्मेवार रहेको पनि उनको भनाइ छ ।

त्यस्तै, तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको महतले बताए ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका