जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेप्सेमा थपियो २ करोड ८ लाख सेयर, एसियन लाइफ र नेपाल इन्स्योरेन्सको हकप्रद सूचीकृत

नेप्सेमा थपियो २ करोड ८ लाख सेयर, एसियन लाइफ र नेपाल इन्स्योरेन्सको हकप्रद सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा दुई वटा इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ। नेप्सेमा मंगलबार एसियन लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो।

एसियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर थपिएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।

हकप्रद सेयर निष्कासनसँगै कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी बढाएर ५ अर्ब कायम गरेकामा कम्पनीले हकप्रद सेयर निष्कासनबाट पुर्‍याएको हो।

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।

हकप्रद सेयरपछि नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ तोकेको छ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका