जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको साधारणसभा आह्वान

एनएलजी इन्स्योरेन्सको साधारणसभा आह्वान

एनएलजी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले मङ्सिर ५ गते शुक्रबार वेबिनार मार्फत सभा गर्न लागेको हो  ।

साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  । कम्पनीले  आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट  ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै सभामा  आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समुह ‘ख’ शेयरधनी समायोजन गर्ने, सोहि अनुसार प्रन्बंधपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २४  गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

3375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका