जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको नाफा २८ प्रतिशतले बढ्यो

मुक्तिनाथ विकास बैंकको नाफा २८ प्रतिशतले बढ्यो

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २८ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

आर्थिक वर्षको तीन महिनामा बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा २८.५८ प्रतिशतले धेरै हो। गत वर्षको यसै अवधिमा बैंकले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो। पहिलो त्रैमासमा बैंकले ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा झण्डै ७ करोड रुपैयाँले धेरै हो। गत वर्षको यसै अवधिमा बैंकले ५२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको अन्य सञ्चालन आम्दानी बढेको छ। यस अवधिमा अन्य सञ्चालन आम्दानी १ करोड २२ लाख रुपैयाँबाट बढेर १ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप संकलन ५७ अर्ब २९ करोड रुपैयाँबाट बढेर ६३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४७ अर्ब ६९ करोड रुपैयाँबाट बढेर ५१ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा भने केहि घटेको छ। बैंकको खराब कर्जा अनुपात २.८७ प्रतिशतबाट घटेर २.८३ प्रतिशतमा झरेको छ।

हाल ४ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५ करोड छ।

बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २१ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात १३.०१ गुणा रहेको छ।

4060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका