जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी बिजया स्वार यस एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको बैंठकले वहाँलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ ।
फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी वहाँ कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गर्नुभई सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश हुनुभएको थियो ।

5215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका