जोडिनुहोस
आइतवार, साउन १०, २०८३
आइतवार, साउन १०, २०८३
  • होमपेज
  • बीमा समितिद्वारा कृषि बीमामा पुनर्संरचनाः कृषि बीमाको हिस्सा अनिवार्य पाँच प्रतिशत, छुट्टै अभिकर्ता, बीमा अस्वीकार गर्न नपाइने

बीमा समितिद्वारा कृषि बीमामा पुनर्संरचनाः कृषि बीमाको हिस्सा अनिवार्य पाँच प्रतिशत, छुट्टै अभिकर्ता, बीमा अस्वीकार गर्न नपाइने

मितिले आज जारी गरेको कृषि तथा पशुपंक्षी बीमाको लागि बनस्पति तथा जीवजन्तु बीमा गरी दुई भागमा बर्गीकरण गरेर बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार छोटो अवधीको बीमालेखमाथि समयावधी बढाउन नपाइने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्दा मोटामोटी वा अन्दाजी मूल्य राख्न नपाइने व्यवस्था नयाँ निर्देशिकामा उल्लेख गरिएको छ । नयाँ व्यवस्था अनुसार कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्दा बीमा गरिएको सम्पत्तिको फोटो तथा भिडियो राख्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार बीमा अस्वीकार गर्न नपाइने, बिमाङ्क परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले बीमा कम्पनीहरुमाथि कृषि बीमा गर्न बाध्यकारी बनाएको छ । यसअघि धेरै निर्जिवन बीमा कम्पनीहरुले कृषि तथा पशु बीमा अस्वीकार गर्ने गरेका गुनासोहरु आउने गरेका थिए ।

नयाँ व्यवस्था अनुसार कृषि तथा पुशपंक्षी बीमा गर्दा बीमा मध्यस्थकर्ताको व्यवस्था गरेको छ । त्यसैगरी, छुट्टै कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता व्यवस्था गरेको छ । यसले ग्रामिण भागमा नयाँ थप रोजगारी सिर्जना गर्ने देखिएको छ । अभिकर्ताहरुलाई कूल बीमा शुल्कको १० प्रतिशत कमिशनको व्यवस्था गरिएको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी बीमाको लागि छुट्टै मूल्याङ्कनकर्ताको व्यवस्था समेत गरिएको छ । नयाँ व्यवस्था अनुसार यसअघि सर्भेयरले गर्ने काम पशु तथा बालीमा पुगेको क्षतिको मूल्याङ्कन बीमा समितिले तोकेको मूल्याङ्कनकर्ताले गर्ने व्यवस्था गरिएको छ

10780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका