जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्रोत नखुलेको झण्डै रु. २२ लाखसहित एकजना पक्राउ

स्रोत नखुलेको झण्डै रु. २२ लाखसहित एकजना पक्राउ

रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

गौर नगरपालिका-४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका-१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् ।

रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको छ । रु. १ हजार दरका १८१०, रु. ५ सय दरका ४८०, रु. १ सय दरका ३००, रु. ५० दरका १८००, रु. २० दरका ९०१ र रु. १० दरका २०० वटा नोट बरामद भएको श्रेष्ठले बताए ।मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताए ।

पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको श्रेषठले बताए ।

6585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?