जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गुँरास लाइफले गर्यो सुमनका आफन्तलाई मृत्यु दाबी भुक्तानी

गुँरास लाइफले गर्यो सुमनका आफन्तलाई मृत्यु दाबी भुक्तानी

गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कमपनीले नवलपरासीको बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ मा बसोबास गर्ने स्वर्गिय सुमन राना मगरको मृत्यु दाबी भुक्तानी गरेको हो । 

सुमनको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्र बहादुर राना मगर लाई गुँरास सावधीक जीवन बीमा गराए बापत पाँच लाख ९३ हजार ३२ रुपैयाा बराबरको चेक हस्तान्तरण गरिएको छ । कम्पनीको नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टिमले उक्त चेक हस्तान्तरण गरेका हुन् । 

सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाखको सावधीक जीवन बीमा गरेका थिए ।   

शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको बताए । साथै उनले यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको बताए ।  

3185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?