जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य

विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य

सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई आगामी चार बर्षका लागि नियुक्त गरेको हो।

चार बर्षे कार्यकाल पुरा गरेपछि कुलमान घिसिङको कार्यकाल सरकारले थप नगरेपछि प्रबन्ध निर्देशक पद रिक्त थियो। सरकारले कामु प्रबन्ध निर्देशकको जिम्मेवारी शाक्यलाई दिएको थियो।

लोडसेडिङ हटाएर वाहवाही कमाएका कुलमानको वहिर्गमनपछि हितेन्द्रको नियुक्ति भएको हो। हितेन्द्र प्राशारणलाइनको विज्ञ हुन्। उनले एमसीसीका लागि प्रशारणलाइनको अध्ययन गरेका थिए।

हितेन्द्र र कुलमानले चिलिमे जलविद्युत परियोजनामा सँगै काम गरेका थिए। तत्कालिन उर्जामन्त्री राधा ज्ञवालीको राजनीतिका कारण हेतेन्द्र र कुलमान टाँढिएको बताइन्छ।

हितेन्द्रमाथि तत्काल तीन वटा चुनौती छन्, जसको बेन्चमार्क कुलमानले बनाएर गएका थिए। उनले नियमित र गुणस्तरीइ बिजुली उपलब्ध गराउनु पर्ने छ। साथै चुहावट नियन्त्रण गर्दै प्राधिकरणलाई नाफामा लैजानु पर्ने छ।

यसबाहेक प्राधिकरणले अगाडि बढाएका परियोजनाहरुको निर्माण सक्दै आवश्यक बिद्युत पुर्वाधार बिस्तार पनि उनले गर्नु पर्ने छ।

2760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका