जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • ६ महीनामा लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा ३२ % बढ्यो, प्रतिशेयर आम्दानी १७.९५

६ महीनामा लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा ३२ % बढ्यो, प्रतिशेयर आम्दानी १७.९५

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३२ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ७ करोड ७२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १० करोड २५ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।

चुँक्तापूँजी रू. १ अर्ब १४ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. २८ करोड ७३ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६८ करोड ३० लाख बीमाुशल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ६१ करोड ८१ लाख बीमाशुल्क आर्जन गरेको थियो । जारी बीमा लेखको संख्या ८२ हजार २७२ रहेको छ ।

त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९५, मूल्य आम्दानी अनुपात ३६ दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९१ दशमलव ८१ पुगेको हो ।

4615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका