जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आनका संस्थापक सचिव तथा पुर्ब संयोजक स्वर्गिय मित्रसेन दाहालको स्मृतिमा श्रद्धान्जली सभा

आनका संस्थापक सचिव तथा पुर्ब संयोजक स्वर्गिय मित्रसेन दाहालको स्मृतिमा श्रद्धान्जली सभा

नेपाल विज्ञापन संघ (आन) का संस्थापक सचिव तथा पुर्ब संयोजक स्वर्गिय मित्रसेन दाहालको स्मृतिमा श्रद्धान्जली सभाको आयोजना गर्यो फागुन १३ गते संघको प्राङ्गणमा भएको श्रद्धान्जली सभामा आनका सस्थापक अध्यक्ष बशिंधर पौडेल र पुर्ब अध्यक्षहरु क्रमश माधवराज तिमिल्सिना, भाष्करराज राजकर्णिकार , निर्मलराज पौडेल, राजकुमार भट्टराई, सन्तोष श्रेष्ठ, रबिन्द्र कुमार रिजाल तथा संघका पदाधिकारीहरु र सदस्यहरु, सल्लाहकारहरु तथा सदस्य एजेन्सीहरुको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले स्वर्गिय दाहालको समग्र विज्ञापन व्यवसायमा रहेको योगदान तथा समाज सेबा र राजनितिमा समेत अग्रणी रहको बताउनु भयो । संघका अध्यक्ष सोम धितालको अध्यक्षतामा बसेको श्रद्धान्जली सभाले शोक प्रस्ताव पारित गर्दे उहाको योगदान लाई संघले आफनो इतिहासको रुपमा लिपिवद्ध गर्नुपर्ने निर्णय समेत गरेको छ ।

7275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?