जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पशुपतिनाथको भेटी अब क्युआर स्क्यान गरेर, गभर्नरले गरे उद्घाटन, बिओकेले सुरु गर्‍यो सेवा

पशुपतिनाथको भेटी अब क्युआर स्क्यान गरेर, गभर्नरले गरे उद्घाटन, बिओकेले सुरु गर्‍यो सेवा

बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तार गर्ने क्रममा शुक्रबार पशुपतिनाथ परिसरमा दान तथा भेटी संकलनका लागि क्युआरकोड सेवा सुरु गरेको छ।

बैंकले पशुपति क्षेत्र विकास कोषको संरक्षण तथा व्यवस्थापन रहेको पशुपतिनाथ मन्दिर परिसरमा एक औपचारीक कार्यक्रम आयोजना गरी क्युआर सेवा सुरु गरेको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेवाको उद्घाटन गरेका छन्। कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, बैंकका संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्त उपस्थित थिए।

गभर्नर अधिकारीले डिजिटल दान पेटिकाको क्युआर स्क्यान गरी पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी उद्घाटन गरेका थिए। अधिकारीले अब उपरान्त मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा खुसी ब्यक्त गरे।

नगदरहित कारोबारलाई राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरिरहेको जानकारी दिँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा ब्याख्या गरेका थिए।

बैंकका प्रमुख कार्यकारी पन्तले नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाइरहेको बताए। बैंकको देशभर ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर छन्।

9705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?