जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत ५ लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ ।

उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसंग समन्वय गरी रकम हस्तान्तरण गरेको हो । बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरे ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

7290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका