जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखरा–६ लेकसाइडस्थित चिल्ली बार एन्ड रेस्टुरेन्टमाले प्रदान गर्ने सेवासुविधामा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन तथा हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
3835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?