जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा.नबराज लम्साल सम्मानित

महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा.नबराज लम्साल सम्मानित

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा मिति २०७७ फाल्गुन २९ गते डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  जलज कुमार अधिकारीले रु.५१,०००.०० (रु. एकाउन्न हजार मात्र) राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साललाई हस्तान्तरण गर्नुभयो । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उहाँलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

7510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका