जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बजार २४०० अंकको लाइनमा: सय अंकको पहिरोले लगानीकर्ता आत्तिए

बजार २४०० अंकको लाइनमा: सय अंकको पहिरोले लगानीकर्ता आत्तिए

सेयर बजार २५०० अंकभन्दा तल आएको छ। बजार ९८ अंकले झर्दा सूचक २४९० अंकमा आइपुगेको हो। यो सवा १ बजेसम्मको अपडेट हो।

बैंकहरुले ब्याज दरमा उच्च बृद्धि गरेपछि बजारमा पहिरो गएको हो। बैंकहरुले ब्याज दर ११.७६ प्रतिशतसम्म पुर्याएका छन्। एक दर्जन बैंकको ब्याज १० प्रतिशतभन्दा माथि छ।

सेयर बजारबाट पाउने प्रतिफलभन्दा निक्षेपको ब्याज दर उच्च हुन थालेपछि लगानीकर्ता बाँडिएका छन्। कारोबार रकम पनि सुक्न थालेको छ। निक्षेप अभावका कारण ऋण लगानी पनि प्रभावित भएको छ।

तरलता अभाव चर्किएपछि बैंकहरुले ऋणको ब्याज दर बढाएका छन्। सेयर धितो ऋण लिएकाहरुसँग उठाउन थालेका छन्। चौतर्फी दबाबका कारण बजार ओरालो लाग्न थालेको हो।

6750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका