जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एलआईसी नेपालको १८ औं वार्षिक साधारण सभा सम्पन्न, पब्लिक डाइरेक्टरमा अग्रवाल चयन

एलआईसी नेपालको १८ औं वार्षिक साधारण सभा सम्पन्न, पब्लिक डाइरेक्टरमा अग्रवाल चयन

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा मंगलबार एलआईसी नेपालको शिक्षालय हल, नक्सालमा सम्पन्न भएको हो ।

साधारण सभाले आ.ब. २०७५/०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको छ जस अन्तर्गत १० प्रतिशत वोनस शेयर र वोनस शेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीले १,८९,३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो । २०७६ आषाढ मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७,३५,७४५ र कूल जीवन बीमा कोषमा रु. ५३८७.७३ करोड संकलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९  प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको बृद्धिदर रहेको थियो ।

त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ ।

5020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका