जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एलआईसी नेपाल, सूर्य लाईफ, रिलायन्स लाईफ र आईएमई लाईफ इन्स्योरेन्स कम्पनीद्वारा जारी सयौं एकल बीमा लेख अवैध स्रोतबाट आर्जन गरेको रकमबाट गरिएको खुलासाः सम्पत्ती सुद्धिकरणको निगरानीमा छानवीन शुरु ?

एलआईसी नेपाल, सूर्य लाईफ, रिलायन्स लाईफ र आईएमई लाईफ इन्स्योरेन्स कम्पनीद्वारा जारी सयौं एकल बीमा लेख अवैध स्रोतबाट आर्जन गरेको रकमबाट गरिएको खुलासाः सम्पत्ती सुद्धिकरणको निगरानीमा छानवीन शुरु ?

नेपालका जीवन बीमा कम्पनीहरुका सीइओ सावहरुले आफ्नो जागिर बचाउन र बीमा शुल्क सबैभन्दा बढि बनाउने होडबाजीले बीमा लेख नै अवैध रकमबाट जारी गरेका छन् भन्दा अब फरक पर्दैन । नेपालका नाम कमाएका एलआईसी नेपाल, सूर्य लाईफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स र आईएमई लाईफ इन्स्योरेन्सले जारी गरेका सयौं एकल बीमा लेख अवैध स्रोतबाट आर्जन गरिएको रकमबाट गरेको भेटिएको छ । यी ४ वटा कम्पनीलाई बीमा समितिले सात दिन सचेत पत्र दिँदै यथार्त के हो ? खुलाएर पठाउन निर्देशन नै दिएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पंक्तिकारलाई बताए ।

उनीले थपेः– तपाईले भनेका जीवन बीमा कम्पनीका एकल बीमा लेख माथी समितिले छानवीन गर्दा शंका लागेपछि सम्पत्ती शुद्धिकरणको निगरानीमा छानवीन गरिएको हो नि । उनीकै शब्द सापटी लिने हो भने यी ४ वटा जीवन बीमा कम्पनीहरुले गरेका अवैध बीमा लेख माथी राष्ट्र बैंकको मातहातमा रहेको वित्तिय जानकारी ईकाईले छानवीन गर्दै बीमा समितिलाई थप जानकारी माग गरेको भेटिएको छ ।
यी बीमा कम्पनीका सञ्चालक, सीइओ र ठूला अभिकर्ता मिलेर नै यस्ता अवैध बीमा लेख तयार गर्ने गरिएको एक जीवन बीमा कम्पनीका सीइओले नाम नलेख्ने शर्तमा बताए ।

राज्यलाई चुनौती दिँदै अवैध रकमलाई बैध बनाउने यस्ता सीइओ, सञ्चालक र अभिकताहरुलाई कडा भन्दा कडा कारवाही गर्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागबाटै छानवीन गरिनु पर्ने देखिन्छ । हेक्का होस् । सूर्य, एलआईसी, रिलायन्स र आईएमई लाईफ इन्स्योरेन्सले यस्ता एकल बीमा लेख उल्लेखिय परिमाणमा विक्री गरेको फेला परेपछि सम्पत्ती शुद्धिकरणको आशंकामा भित्रीरुपमा छानवीन तीव्र पारिएको राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारलाई बतायो ।

तर, बीचमा नै कर्जा देखि सबै सुविधा लिने र वन्द गरिने गरिन्छ । उनीले दाबी गर्दै भनेः– यसले कम्पनीलाई ठूलो घाटा हुने कालो धन सेतो हुने सञ्चालक, सीइओ र अभिकर्तालाई फाइदा हुने गर्दछ नि । तपाई खोजी गर्नुहोस् न । राज्यलाई चुनौती दिँदै अवैध रकमलाई बैध बनाउने यस्ता सीइओ, सञ्चालक र अभिकताहरुलाई कडा भन्दा कडा कारवाही गर्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागबाटै छानवीन गरिनु पर्ने देखिन्छ । हेक्का होस् । सूर्य, एलआईसी, रिलायन्स र आईएमई लाईफ इन्स्योरेन्सले यस्ता एकल बीमा लेख उल्लेखिय परिमाणमा विक्री गरेको फेला परेपछि सम्पत्ती शुद्धिकरणको आशंकामा भित्रीरुपमा छानवीन तीव्र पारिएको राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारलाई बतायो ।

एकल बीमा लेखको प्रस्तावकको अध्ययन र संलग्न प्रमाणका आधारमा वीमितको आम्दानीको स्रोत, विमितको वास्तविक पुष्ठभुमि र पहिचानबारे छानविन ग¥यो र बीमा समितिलाई थप कागजपत्र र अनुसन्धान गरि जानकारी गराउन माग गरेका छौं । उनीकै शब्द सापटी लिने हो भने अब ४ वटा कम्पनीका सीइओ, अध्यक्षहरु र अभिकर्ताहरुलाई कारवाहीको कठघरामा आउने पक्का पक्की छ भन्दा फरक पर्दैन ।

राष्ट्र बैंक, वित्तिय जानकारी इकाई स्रोतले भन्यो । एकल बीमा लेखको प्रस्तावकको अध्ययन र संलग्न प्रमाणका आधारमा वीमितको आम्दानीको स्रोत, विमितको वास्तविक पुष्ठभुमि र पहिचानबारे छानविन ग¥यो र बीमा समितिलाई थप कागजपत्र र अनुसन्धान गरि जानकारी गराउन माग गरेका छौं । उनीकै शब्द सापटी लिने हो भने अब ४ वटा कम्पनीका सीइओ, अध्यक्षहरु र अभिकर्ताहरुलाई कारवाहीको कठघरामा आउने पक्का पक्की छ भन्दा फरक पर्दैन । तर बीमा समितिले खुट्टा कमाउन हुँदै र राष्ट्र बैंकले छानवीन गरि यस्ता बीमा लेखको छानवीन गरि सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागलाई जिम्मा दिनु पर्नेदेखिन्छ । सचेत भया ।

2625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?