जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकको नयाँ वेबसाइट

सिद्धार्थ बैंकको नयाँ वेबसाइट

सिद्धार्थ बैंकले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । आफ्नो वेबसाइटलाई परिस्कृत र परिमार्जन गरेर अझ बढी प्रविधिमैत्री बनाई ग्र्राहकलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा–सुविधा तथा सूचनाबारे जानकारी दिइने बैंकले जनाएको छ ।

प्रयोगकर्ताको सन्तुष्टि बढाउने उद्देश्यसहित आइतबारदेखि नयाँ वेबसाइट सञ्चालनमा ल्याइएकोे बैंकले बताएको छ  । आधुनिक र नवीनतम् प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रूपमा मोबाइल एवं कम्प्युटरबाट चलाउन मिल्ने गरी विकास गरिएको छ । ग्राहकका कुनै पनि गुनासा तथा जिज्ञासालाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्पडेस्क, क्विक डायलजस्ता एप्लिकेसन पनि वेबसाइटमा राखिएका छन् ।

नयाँ वेबसाइट सुरुआतसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा पनि सुरु गरेको छ ।

6325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?